
धनगढी । कञ्चनपुरमा नियन्त्रित लागूऔषध र खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् ।
पुनर्वास नगरपालिका–९ बाट भारतको उत्तर प्रदेशका ५५ वर्षीय दीप चन्द ४०८ ट्याब्लेट स्पास्मो प्रोक्सिभनसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।
त्यस्तै, कृष्णपुर नगरपालिका–९ पिपरियाका ३४ वर्षीय रामनरेस राना १ ग्राम ४६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र १० हजार रुपैयाँ नगदसहित पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीसमेतबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो रानाको घर तलासी गर्दा उक्त पदार्थ फेला पारेको हो ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

