कैलालीमा युवती मृत्यु प्रकरण : प्रेमीपछि मृतककी साथी पनि प्रहरीको फन्दामा

cp new add
Nisharg hospital
Samajik

२१ असार, धनगढी । गत ९ असारमा मृत अवस्थामा भेटिएकी कैलालीको गोदावरी नगरपालिका–४ अत्तरियाकी १८ वर्षीया अस्मि बोहरा मृत्युु प्रकरणमा उनकी साथीलाई प्रहरीले पक्राउ गरेको छ ।

DHANGADHI

बोहरालाई बलात्कारपछि आत्महत्या गर्न बाध्य पारेको भन्दै उनका प्रेमी भनिएका मुगुको सेरु गाउँपालिका– ३ का २१ वर्षीय डिलेन्द्र शाहीलाई पक्राउ गरेको प्रहरीले अस्मीकी साथी लक्ष्मी खड्कालाई पनि समातेको हो ।

आफ्नो कोठामा बोलाएर बोहरामाथि बलात्कार गर्न सघाएको भनदै आफन्तले उनीविरुद्ध किटानी दिएका थिए । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डिएसपी) गणेश बरालले दुुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।

उनकाअनुसार नेपालगंजमा अध्ययनरत अस्मिमाथी नेपालगंजमै जबरजस्ती करणी भएको र ज्यान मार्ने धम्की दिएका कारण उनले मानसिक तनाबमा आएर देहत्याग गरेको भन्दै किटानी जाहेरी दिएका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...