
धनगढी । कैलाली प्रहरीले धनगढीका ६ हाेटलमा छापा हानेकाे छ ।

धनगढी बजार क्षेत्रका विभिन्न हाेटलमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले छापा हानेकाे हाे ।
साे क्रममा अनैतिक गतिविधिमा संलग्न ११ महिला र १३ पुरूष गरेर २४ जनालाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
उनकाअनुसार पक्राउ पर्नेमा ७ जना भारतीय नागरिक पुरूष रहेका छन् । नियन्त्रणमा लिइएकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार धनगढीका विभिन्न ६ हाेटलमा छापा हानिएको थियाे ।
साे क्रममा उनीहरू समातिएका थिए ।

