धनगढीबाट भन्सार छलीको समानसहित महिला पक्राउ

cp new add
Nisharg hospital
suchana

२४ असार, धनगढी । कैलालीमा अवैध समान बरामद गरिएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल, मिलनचोक र वडा नम्बर ३ को फिस रिसोर्ट नजिकबाट अवैध समान बरामद गरिएको हो ।

बरामद गरिएको समानमा.८० हजार बरारबरको स्टील कचौरा, कडाई, सुर्ती, नरीवल,चप्पल, चिनी लगायतका छन् । यी समान प्रहरीले त्रिनगर ब्यारेल र मिलनचोकमा वेवारिसे अवस्थामा भेटिएको बताएको छ ।

रिसोर्ट नजिकबाट भने अबैध भन्सार छलीको समानसहित महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३२ लिला बिष्ट धामी रहेकी छन् ।उनको साथबाट भनसार छलीको मोबाईल डिस्प्ले,मोबाईल ग्लास,कुर्ती लगायत गरेर ९० हजारको सामान बरामद गरिएको हो ।

बरामद गरिएको समान र मानिस आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...