दुनियाँकै इमानदार जागिरे महिला : ७४ वर्षको जागिरमा एकदिन पनि बिदा नलिइ ९० वर्षमा अवकाश

cp new add
Nisharg hospital
suchana
Nast new

१ साउन, काठमाडौँ ।  ९० वर्ष उमेरकी एकजना वृद्धाले हालै आफ्नो जागिरबाट अवकाश लिइन् । उनले आफ्नो जीवनकालमा ७४ वर्ष जागिर गरिन् र त्यस अवधिमा एकदिन पनि उनले बिदा लिइनन् ।

समर्पण र इमानदारीको मानक बनेकी अमेरिकी महिला मेल्बा मेबेनको कथा हो यो । अमेरिकाको टेक्ससकी बासिन्दा मेबेनले एउटा डिपार्टमेन्टल स्टोरको जागिरबाट हालै अवकाश लिएकी छिन् ।

मेबेलनले ७४ वर्षसम्म सो पसलमा काम गरिन् । ९० वर्षको उमेरमा जागिर छाड्ने बेलासम्म उनले आफ्नो जागिरे जीवनमा एकदिन पनि छुट्टी लिइनन् । उनले सन् १९५६ मा डेलार्डको रिटेल स्टोरका लागि काम सुरु गरेकी थिइन् । त्यसबेला उनी १७ वर्षकी थिइन् । त्यसअघि उनले एउटा लिफ्ट गर्लको रुपमा करिअरको सुरुआत गरेकी थिइन् । पछि उनलाई कस्मेटिक विभागमा सरुवा गरियो ।

अहिले एउटा प्रभावशाली करिअरपश्चात् ९० वर्षको उमेरमा उनी अवकाश हुँदा मेबेनलाई भब्य सम्मान गरिएको छ । मेल्बाका सहकर्मी तथा ग्राहकहरुका अनुसार उनले सात दशकभन्दा लामो समयसम्म काम गर्दा हरेक दिन मुस्कानसहितको सेवा प्रदान गरिरहिन् ।

९० वर्षकी हुँदासम्म पनि उनले एकदिन पनि बिरामी बिदा लिइनन् । डिलार्डका स्टोर म्यानेजर जेम्स सेन्जका अनुसार मेल्बाले धेरैलाई गहिरो प्रभाव छाडेकी छिन् ।

फक्स न्यूजसागको कुराकानीमा उनले भनेका छन्( ‘मेल्बाले हरेक चिज, हरेक अपेक्षा तथा हरेक ग्राहकको गुणवत्तामा ध्यान राख्थिन् । आफ्नो लामो करिअरमा उनले धेरै मानिसलाई प्रशिक्षित गरेकी छिन् र अगाडि बढ्नका लागि सिकाएकी छिन् ।’

उनले प्रश्न गर्दै अघि भनेका छन्, (के ९० वर्षको उमेरसम्म पनि कोही मानिसले यसरी मेल्बाले जस्तै काम गर्न सम्भव होला रु मेल्बा वास्तवमा जीवनभरको सिकाइ हामीलाई सुम्पिएर यहाँबाट जाँदैछिन् । मेल्बा निकै दयालु र मिलनसार थिइन् । उनका धेरै साथीहरु थिए ।

आफ्नो बिदाइ कार्यक्रममा बोल्दै मेल्बाले भनेकी छिन्, ‘मलाई ती महान महिलाहरुसँग काम गर्दा निकै खुसी लागेको छ जो बोल्न, हाँस्न तथा खानपानमा रुचि राख्दछन् ।’

मेल्बाका छोरा टेरी मेबेनका अनुसार आफ्नी आमा हरेक दिन काममा गएको याद उनको मानसपटलमा सधैं रहेको छ । आफू कामप्रतिको निष्ठाबाट निकै प्रभावित रहेको उनी बताउँछन् ।

सानो छँदा आमाले काममा जाँदा सँगै लैजाने गरेको स्मरण गर्दै उनले आफू एक किसिमले डिलार्डमै हुर्किएको बताउँछन् । १० बजे स्टोर खुल्ने भए पनि आमा ९ बजे नै त्यहाँ पुग्ने र सधैं स्टोरमा पुग्ने पहिलो व्यक्ति बन्ने गरेको टेरीको सम्भना छ ।

काममा निकै अनुशासित मेल्बाले दिउँसोको खाना खानका लागि पनि केवल २५ मिनेटमात्रै समय लिन्थिन् र पुनः कार्यकक्षमा फर्किन्थिन् । बेलुकी पनि समयमै घर आउँथिन् । आमाको दैनिकी निकै नियमबद्ध र अनुशासित रहेको टेरी बताउँछन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...