

धनगढी । धनगढीको सीपी अस्पतालको एम्बुलेन्स दुर्घटना भएको छ । केआईसिंह राजमार्ग अन्तरगत डडेल्धुराको राइको मोडमा ब्रेक फेल भएर अस्पतालको से १ च १२२८ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो ।
प्रहरीकाअनुसार उक्त एम्बुलेन्स अत्तरियाबाट शव बोकेर गइरहेको थियो । एम्बुलेन्समा चालक अर्जुन बोहरासहित ६ जना थिए ।
ब्रेक फेल हुँदा एम्बुलेन्स सडकबाट १० मिटर तल खसेको र सबै जना सकुशल रहेका प्रहरीले जनाएको छ ।

