जब धनगढी विमानस्थलमा कर्मचारी चाहिएको भन्दै फेसबुकमा गलत सूचना चुहियो

cp new add
Nisharg hospital
suchana

धनगढी । धनगढी विमानस्थलमा विभिन्न तहका कर्मचारी आवश्यक परेको भन्दै सामाजिक सञ्जाल फेसबुकबाट ठगी हुन थालेको भन्दै विमानस्थल कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ ।

Nira Thapa Magar  को फेसबुक आईडीबाट विमानस्थलमा विभिन्न प्रकृतिका कामदार चाहिएको भन्दै सूचना आह्वान गरेर वाट्स एप नम्बर ९८२७४२९८७४ मा सम्पर्क गर्न भनिएकोप्रती ध्यानाकर्षण भएको विमानस्थलले जनाएको छ ।

मंगलबार धनगढी विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले प्रेस विज्ञप्ति जारी गर्दै सोही सुचनाका आधारमा सर्वसाधारण सम्पर्कमा आउन थालेको भन्दै विमानस्थलले कुनै पनि कार्यका लागि कर्मचारी माग नगरेको बताएका छन् ।

सामाजिक सञ्जालमा भ्रम फैलाएर सर्वसाधारणलाई ठग्ने अभिप्रायले गलत सूचना प्रवाह गरिएको भन्दै भट्टले सबैलाई भ्रममा नपर्न आग्रह समेत गरेका छन् । विमानस्थल कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीलाई सामाजिक सञ्जालमा भ्रम फैलाउने कार्यमा संलग्न व्यक्ति पत्ता लगाएर कारवाहीको दायरामा ल्याउन माग गर्दै मंगलबार निवेदन समेत दिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...