सरकारले एसियाली विकास बैंकसँग १३ अर्ब रुपैयाँ भन्दा बढी ऋण लिने

cp new add
Nisharg hospital

काठमाडौं । नेपाल सरकारले एसियाली विकास बैंकबाट १ सय मिलियन डलर ९झण्डै १३ अर्ब १३ करोड रुपैयाँ० बराबरको सहूलियतपूर्ण ऋण लिने भएको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Nast Ad

बैठकले सार्वजनिक वित्त व्यवस्थापन तथा सेवाको सुधारका लागि बजेटरी सहायताका रुपमा सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गरेको उनले बताइन् । नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरिएको मन्त्रिपरिष्द्‍को निर्णयमा उल्लेख छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...