
काठमाडौं । नरेन्द्र मोदी सरकारविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि भारतीय संसदमा छलफल सुरु भएको छ । लोकसभाका सभामुख ओम बिड्लाले विपक्षीको अविश्वास प्रस्तावमाथि छलफलका लागि अनुमति दिएका हुन् ।
अविश्वास प्रस्ताव पेश गर्दै पहिलो भाषण कांग्रेस सांसद गौरव गोगोईले गरे । मणिपुरमा जारी हिंसालाई लिएर ल्याइएको अविश्वास प्रस्तावमा पहिलो भाषण कांग्रेस सांसद राहुल गान्धीले गर्ने अनुमान थियो, तर गोगोईले सुरु गरे ।
उनी पूर्वोत्तर राज्य असमका हुन् र मणिपुर पनि पूर्वोत्तरमा पर्छ । शायद, यही कारण कांग्रेसले उनलाई अघि सारेको हुनुपर्छ । गोगोई बहस सुरु गर्न उभिएपछि संसदीय कार्यमन्त्री प्रह्लाद जोशीले सोधे, ‘राहुल गान्धीलाई के भयो रु हामी त प्रतिक्षा गरिरहेका थियौं ।’ २४ मार्चमा निलम्बनमा परेका कांग्रेस सांसद गान्धी सर्वोच्च अदालतको आदेशपछि मंगलबार पहिलो पटक संसदमा उपस्थित भएका थिए ।
गोगोईले सोधेको तीन प्रश्न
अविश्वास प्रस्तावमाथि छलफल सुरु गर्दै कांग्रेस सांसद गौरव गोगोईले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि तीन प्रश्न गरे ।
पहिलो, अहिलेसम्म प्रधानमन्त्री मोदी मणिपुर किन गएनन् रु
दोस्रो, हिंसाबारे मोदीले अहिलेसम्म किन बोलेनन् रु

र, तेस्रो, प्रधानमन्त्रीले मणिपुरको मुख्यमन्त्रीलाई किन बर्खास्त गरेनन् रु
सम्बोधनका क्रममा कांग्रेस सांसद गोगोईले सरकारसँगै प्रधानमन्त्री मोदीमाथि थुप्रै प्रश्न उठाएका छन् । महत्वपूर्ण मुद्दामा मोदीले मौनता साँध्ने गरेको भन्दै उनले भने, ‘बीजेपीले एक भारतको कुरा गर्छ, तर दुई मणिपुर बनायो । बीजेपीले सत्ताका लागि देशको अखण्डतालाई खतरामा पारिरहेको छ ।’
गोगोईको बीजेपी सांसद निशिकान्त दुबेले जवाफ दिए । उनले विपक्षी गठबन्धनसँगै कांग्रेसका पूर्व अध्यक्ष सोनिया गान्धीमाथि समेत प्रश्न उठाएका छन् ।
किन आयो अविश्वास प्रस्ताव ?
मोदीविरुद्ध अविश्वासको प्रस्ताव आएको यो पहिलो पटक होइन । २०१८ मा तेलगू देशम पार्टीले पनि अविश्वास प्रस्ताव ल्याएको थियो । लोकसभाका ५० सांसद जुटाएपछि कुनै पनि बेला सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन सकिन्छ ।
तर बहुमतका लागि २७२ सांसद चाहिन्छ । एनडीएसँग ३३१ सांसद छ भने बीजेपी एक्लैसँग ३०३ छ ।अर्थात विपक्षी गठबन्धन एक भएपनि अविश्वासको प्रस्तावबाट बच्न बीजेपीसँग पर्याप्त संख्या छ ।
२६ दलको गठबन्धन इण्डियासँग १४४ सांसद मात्र छ । गठबन्धनमा संलग्न नभएका बीजेडी, बीआरए र वाईएसआर कांग्रेससँग ७० सांसद छ । यो अंकगणित बुझेका विपक्षी गठबन्धनले किन अविश्वास प्रस्ताव ल्यायो त रु किनकी मणिपुर घटनाबारे प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा आएर विस्तृत बयान दिउन् ।
मणिपुरमा भइरहेको हिंसाबारे संसदमा छलफल गर्नुपर्ने र प्रधानमन्त्री मोदीले जवाफ दिनुपर्ने विपक्षीको माग छ । तर मोदीले संसदमा आएर जवाफ दिएका छैनन् ।
गृहमन्त्री अमित शाह आएर बोल्ने गरेका छन् । निरन्तर माग गर्दा पनि प्रधानमन्त्री संसदमा नआएपछि विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव ल्याए्, जसको मोदी आफैं संसदमा आएर जवाफ दिनुपर्छ ।