अछाममा बुहारीले सासु कुटेको भिडियो खिच्ने ११ वर्षीय नातीलाई प्रहरीको सम्मान

Rojgar mela

१० भदौ, धनगढी । अछाम प्रहरीले सासुमाथि बुहारीले अमानवीय व्यवहार गरेर कुटपिट गरेको घटना बाहिर ल्याउने ११ वर्षीय बालकलाई सम्मान गरेको छ । पञ्चदेवल विनायक नगरपालिका– ६ की ५३ वर्षीया जैसरा न्यौपानेमाथि कुटपिट गरेको घटनाको भिडियो मोबाइलमा कैद गरेर बाहिर ल्याउने उनका नाती ११ वर्षीय दिपेन्द्रलाई जिल्ला प्रहरी कार्यालयले सम्मान गरेको हो ।

Nisharg hospital

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टले पारिवारीक हिसांलाई भिडियोमा कैद गरेर बाहिर ल्याएर दोषीलाई कानुनी दायरामा उभ्याउने काममा सहयोग गरेकाले दिपेन्द्रलाई सम्मान गरिएको जानकारी दिए । शुक्रबार सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले उनलाई फूलमाला, दोसल्ला र सम्मान पत्र दिदै सम्मान गरेको प्रहरी निरीक्षक विष्टले बताए ।

गत बुधबार पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया जैसरा न्यौपानेमाथि कुटपिट भएको भिडियो दिपेन्द्रले खिचेका थिए । उनी हाल प्रहरीको नियन्त्रणमा रहेकी जैसराकी आफ्नै बुहारी ३० वर्षीया देवसरा न्यौपानेका छोरा हुन् । उनले देवसरासहितका दुई जनाले जैसरालाई कोठाभित्र थुनेर कुटपिट गरिरहेको अवस्थामा लुकेर भिडियो बनाएका थिए । सोही भिडियोका आधारमा प्रहरीले कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरेको थियो ।

अर्की महिला ३५ वर्षीया धर्मा न्यौपानेलाई पीडित जैसराकी बुहारी भनिएपनि उनी देवरानी रहेको खुलेको प्रहरीले जनाएको छ । दुवै जनाविरुद्ध अमानवीय व्यवहार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अदालतबाट ३ दिन म्याद थप गरी अछाम प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...