कञ्चनपुरमा कार र मोटरसाइकल आपसमा ठोक्किदा दुई जना घाइते

Nisharg hospital

१० भदौ, धनगढी । कञ्चनपुरमा कार र मोटरसाइकल आपसमा ठोक्किदा भएको दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

swostik

पुनर्वास नगरपालिका- ५ स्थित हुलाकी सडकखण्डमा बेलौरीबाट धनगढीतर्फ आइरहेको सुपप्र ३०१०२२ च ९४९२ को कारसँग विपरीत दिशाबाट गइरहेको सुपप्र ०२००३ प५०८२ नम्बरको मोटरसाइकल ठोक्किदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा मोटरसाइकल चालक अर्जुन चौधरी र पछाडि सवार जीवन चौधरी रहेका छन् । उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...