कैलालीमा हतकडीसहित प्रहरी नियन्त्रणबाट युवक भागे

Nisharg hospital

१० भदौ, धनगढी । कैलालीमा हतकडीसहित एक युवक फरार भएका छन् । बुवालाई कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेका जोशीपुर गाउँपालिका–४ को वाणीका २८ वर्षीय शंकर चौधरीलाई प्रहरी कार्यालयतर्फ ल्याउने क्रममा भागेर फरार भएका हुन् ।

Dhangadhi suchana

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले उनका बुवा शम्भु चौधरीले दिएको निवेदनका आधारमा पक्राउ गरेर इलाका प्रहरी कार्यालय ल्याउने क्रममा हतकडीसहित उनी भागेको बताए ।

उनी स्थानीय नदीमा हाम फालेर भागेको बताउदै डीएसपी जोशीले इलाका प्रहरी कार्यालय जोशीपुर र इलाका प्रहरी कार्यालय भजनीबाट खोजीका लागि टोली खटिएको जानकारी दिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...