माओवादीका दुई मन्त्रीले दिए राजीनामा

cp new add
Nisharg hospital
suchana
Nast new

१२ भदौं, सुर्खेत। कर्णाली सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन्। आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले आइतबार दिउँसो मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष राजीनामा बुझाएका हुन् ।

माओवादी केन्द्रले मुख्यमन्त्री शाही समक्ष शुक्रबार मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउन गरेको निर्णय पठाएको थियो । उक्त निर्णय अनुसार नै दुई मन्त्रीले आज राजीनामा दिएका हुन् । राजीनामा पत्र बुझे लगत्तै मुख्यमन्त्री शाहीले स्वीकृतसमेत गरिसकेका छन् ।

मन्त्री विष्ट र सिंहको राजीनामापछि माओवादीले मन्त्रीमा सिफारिस गरेका जाजरकोटकी सांसद कृष्णा शाह र रुकुम पश्चिमका सांसद रातो कामीलाई मुख्यमन्त्री शाहीले सोमबार नियुक्त गर्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...