कैलालीमा सशस्त्र प्रहरीद्वारा साढे २ लाखको अवैध सामान बरामद

Nisharg hospital

१२ भदौ, धनगढी । कैलालीमा सशस्त्र प्रहरीले साढे २ लाख बढि रुपैयाँ पर्ने अवैध सामान बरामद गरेको छ ।

जिल्लाको गोदावरी नगरपालिका–५ मनहराबाट भन्सार छली गरेर ल्याइएका दुई लाख ५१ हजार बराबरको अबैध सामान वेवारिसे अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं.३४ गण हेडक्वाटर कैलालीले जनाएको छ ।

ती सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...