बाथ रोगलाई खेलाची नगरौं 

cp new add
Nisharg hospital

साधारणतया मासु तथा जोर्नी र तन्तुको दुखाइलाई हामी बाथ रोग भन्छौं।

Nast Ad

वास्तवमा भन्ने हो भने यो एक किसिमको रोग प्रतिरोधात्मक क्षमता बढी भएमा त्यसले आफ्नै शरीरको तन्तुलाई नष्ट गर्न थालेपछि बाथ रोग हुन्छ।

बाथ रोग लागेपछि सानो तथा ठूलो जोर्नी दुख्ने, ढाँड दुख्ने, बिहानको समयमा औलाहरू चलाउन गाह्रो हुने, मुठी पार्न गाह्रो हुने, चियाको कप उचाल्न गाह्रो हुने अनि कक्रक्क पर्ने हुन्छ। यस्तै कपाल झर्ने, आँखा, मुख सुख्खा हुने शरीरमा डाबरहरू आइरहने औलाहरू चिसोमा नीलो, सेतो हुने लगायत हुन्छ।

बाथ रोगको प्रकार अनुसारको लक्षण हुन्छ।

बाथ रोगको उपचार भन्दा पहिला पहिचान हुन जरूरी छ। लक्षणको आधारमा चिकित्सकले बाथको टेस्ट गराउँछन्।

बाथ रोग परीक्षण गर्दा रगत परीक्षण, रेडियोलोजिकल परीक्षण ९एक्सरे, एमआराई० गर्नुपर्छ। रोग प्रतिरोधात्मक शक्तिको परीक्षण समेत गर्नुपर्छ।

पहिला बिरामीले आफूलाई कस्तो बाथ हो भनेर थाहा पाउनुपर्छ। त्यसका लागि बिरामीले नियमित व्यायाम गर्नुपर्छ। बाथरोग लाग्यो भन्दै आराम गर्ने र खाना बारेर मात्रै हुँदैन।

बाथरोग पूर्ण रूपमा निको हुँदैन। यसलाई नियन्त्रणमा राख्नुपर्छ। कुनै(कुनै बाथ रोग समय क्रममा हराउँछ तर धेरैजसो बाथ रोगलाई नियन्त्रणमा राख्ने हो। समय(समयमा चिकित्सकलाई परीक्षण गराएर हेर्नुपर्छ।

यो रोगलाई लापरबाही गर्‍यो भने मान्छेलाई अपांग समेत बनाउँछ। शरीर भित्रका अंग बिगार्ने लगायतका काम गर्छ।

बाथलाई नियन्त्रणमा लिइएन भने झन डरलाग्दो हुन्छ।

अर्को कुरा, दिर्घकालीन रोग हो जति खाए पनि हुँदैन भनेर बीचमै औषधि छोड्न हुँदैन।

गाउड खालको बाथमा ९युरिक एसिड० खाना बार्नुपर्छ। यस्तो बिरामीले रातो मासु, सी फुड खान हुँदैन। बाथ भयो भन्दै हरेक खाना बारे गल्ती हुन्छ।

जस्तो, गठिया बाथमा रातो मासु, सि फुड लगायत बार्नुपर्दैन। रोगको प्रकृति नबुझी बारेमा बिरामी झन कमजोर हुन्छ।

त्यसैले चिकित्सकसँग सल्लाह गरेर मात्रै बार्नुपर्छ।

बाथ रोग जुनसुकै उमेर समूहका व्यक्तिलाई हुन्छ।

बाथ रोगको उपचार नेपालमै सम्भव छ। पहिला(पहिला कतिपय परीक्षण बाहिर पठाउन पर्थ्यो। अब यो नेपालमै सम्भव छ। पहिला धेरै बिरामी उपचारका लागि बिदेश जानुपर्ने बाध्यता थियो। अहिले चिकित्सक र उपचार प्रविधिको पनि सुविधा नेपालमै उपलब्ध भइसकेको छ।

 

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...