२७ पुस, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्रसिंह रावल नियुक्त भएका छन्। प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा ९२० अनुसार रावललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
एमाले संसदीय दलका नेता समेत रहेका रावल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका छन्। उनलाई प्रदेश सभाका २९ सांसदको समर्थन छ। नेकपा माओवादी केन्द्र ११, नेकपा एमाले १०, नागरिक उन्मुक्ति ७ र राप्रपाका १ सहिक कूल २९ सांसदको समर्थनमा रावल मुख्यमन्त्री नियुक्त भएका हुन्।
५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार गठनका लागि २७ सांसदको आवश्यक पर्दछ। उनी कञ्चनपुरबाट समानुपातिक कोटामा प्रदेश सांसद चुनिएका थिए। प्रदेश प्रमुखको कार्यालयले बिहीबार बिहान मुख्यमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहणको कार्यक्रम राखेको छ।
को हुन् राजेन्द्रसिंह रावलरु
नेकपा एमाले सुदूरपश्चिममा बौद्धिक र अध्ययनशील नेताको रुपमा चिनिन्छन्, राजेन्द्रसिंह रावल। उनी वि।सं। २०२१ जेठ १६ गते बैतडीको दशरथचन्द नगरपालिका–५ मारकण्ड गाँउमा जन्मिए। बुवा दानसिंह रावल भारतीय सेनामा जागिरे थिए। बुवासंग भारतमा रहेका उनले त्यहीँ शिक्षा आर्जन गर्ने मौका पाए।
आधारभूत तहसम्मको अध्ययन रावलले भारतको मेघालयको सिलङ, मध्य प्रदेशको जबलपुर र उत्तराखण्डको पिथौरागढका केन्द्रीय विद्यालयमा लिएका थिए। उनले एसएलसी भने बैतडीको वीरेन्द्र माध्यमिक विद्यालय शाहीलेकबाट उर्तिण गरेका थिए। उनले भारतको उत्तरप्रदेशस्थित ड्रमाण्ड इन्टर कलेज पिलिभितबाट प्रमाणपत्र तहसम्मको अध्ययन गरे।
कञ्चनपुरको सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरबाट रावलले स्नातक तह उर्तिण गरेका थिए। लोक साहित्य, कला, संस्कृति र इतिहासका अध्येता रावल नेपाली, अंग्रेजी, हिन्दी, डोटेली, कुमाउँनी, थारु लगायत भाषामा दख्खल राख्दछन्।
मुख्यमन्त्रीमा नियुक्त हुँदै रावल। तस्बिर स् नेपालखबरचार दशक भन्दा लामो समयदेखि राजनीतिमा सक्रिय रावलको थुप्रै पहिचान छ। वि।सं। २०३६ सालको जनमत संग्रहको आन्दोलनमा सहभागी भएर आफ्नो राजनीतिक यात्रा आरम्भ गरेका थिए, उनले। त्यसपछि ०३९ सालमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा उनी संगठित भएका थिए।
उनी कञ्चनपुर र बैतडीमा गरेर करिब एक दशक शिक्षण पेशामा पनि आवद्ध रहेका थिए। वि।सं। २०४२ सालमा उनले बैतडीमा नेपाल राष्ट्रिय शिक्षक संगठनको आन्दोलनको नेतृत्व गरेका थिए। त्यसक्रममा उनी पक्राउ समेत परेका थिए।
वि।सं। २०४५ सालमा माक्सवादी अध्ययन दल, कञ्चनपुरको सदस्य बनेका रावल भीमदत्त नगर कमिटी सदस्य समेत थिए। त्यस क्रममा उनले भूमिगत भएर समेत काम गरे। ‘आरआर सिंह, राजु र रत्नबन्धु’ लगायत नामले रावल त्यसबेला प्रख्यात थिए।
वि।सं।२०४६ सालमा उनी प्रेम सिंह धामी नेतृत्वको तत्कालीन नेकपा ९माले० को प्रथम कञ्चनपुर जिल्ला संगठन कमिटी सदस्य बने। वि।सं। २०४७ सालमा अनेरास्ववियुको तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए, रावल।
उनी ०४८ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलनको प्रतिनिधि रहेका थिए। ०४८ सालमै अनेरास्ववियु पाचौँ राष्ट्रिय परिषद् सदस्य बनेका रावलले बैतडीमा इन्चार्जको जिम्मेवारी पनि सम्हाले। ०४९ सालमा महाकाली सन्धी विरुद्धको आन्दोलनका क्रममा उनी जेल परेका थिए।
०५० सालमा रावलले महाकाली सन्धी विरुद्धको आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए। त्यस बेला तत्कालीन सत्ता पक्षबाट गिरफ्तार सहित सार्वजनिक मुद्धा पनि उनले खेपे। ०५१ मा नेकपा ९एमाले० को कञ्चनपुर संगठन विभाग प्रमुख र गाउँ जागरण अभियानको उत्प्रेरक भएका उनले तत्कालीन महाकाली अञ्चलका चारै जिल्लामा अभियान सञ्चालन गरेको थिए।
वि।सं। २०५४ देखि ०५९ सालसम्म जिल्ला विकास समिति कञ्चनपुरको उपसभापति रहेका थिए, रावल। ०५४ मा नेकपा एमाले कञ्चनपुरको उपसचिव बनेका उनी ०५७ देखि ०६२ सम्म दुई कार्यकाल सचिव रहे।
०५८ मा तत्कालीन जिल्ला विकास समितिको आवधिक योजना सह–संयोजक बनेका रावल सामुदायिक वन उपभोक्ता समूह कञ्चनपुरका संस्थापक समेत हुन।
२०६२्०६३ को जनआन्दोलनको क्रममा कञ्चनपुरमा नेतृत्वदायी भूमिका रहेका उनी पटक÷पटक पक्राउ परेका थिए। ०६२ नेकपा ९एमाले० को महाकाली अञ्चल समन्वय कमिटीको सचिव बनेका थिए, उनी। २०७५ जेठ ३ मा उनी माओवादी र एमालेबीच एकता भएर बनेको नेकपाको केन्द्रीय कमिटी सदस्य रहेका थिए।
२०७८ सालमा नेकपा ९एमाले० को केन्द्रीय सदस्य, प्रदेश कमिटी सचिव तथा डडेल्धुरा इन्चार्ज रहे। अहिले रावल नेकपा एमालेको पोलिट्व्युरो सदस्य तथा सुदूरपश्चिम सह–इन्चार्जको जिम्मेवारीमा छन्।
यसपटकको चुनावमा समानुपातिक कोटाबाट सुदूरपश्चिम प्रदेश सांसद निर्वाचित भएका रावल नेकपा एमालेको संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भएका थिए।
विभिन्न सम्मेलन तथा कार्यक्रममा सहभागी भएर भारत, चीन लगायत देशको उनले भ्रमण गरेका छन्। राजनीतिमा मात्रै होइन, उनको खेलकुल, लोक साहित्य, कला, संस्कृति र इतिहासका क्षेत्रमा पनि योगदान छ।
क्रिकेट खेल खेल्न रुचाउने उनी मध्य गतिमा बलरका रुपमा चिनिन्छन्। मध्यकालीन डोटीको इतिहास ९साके १२३५–१७१२० र द इकोज पावर अफ प्यासन ९कविता संग्रह० उनका प्रकाशित कृति हुन।