सुदूरपश्चिममा आज भारी वर्षा हुने

cp new add
Nisharg hospital

१३ भदौ, धनगढी । सुदूरपश्चिम व्रदेशमा आज पनि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने जनाएको छ ।

Nast Ad

सुदूरपश्चिम प्रदेशमा आइतबार साँझदेखि नै वर्षा भइरहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ अवस्थित छ। देशैभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिमसहित लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ। राती प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...