प्रधानमन्त्री देउवा कांग्रेसका पदाधिकारी लिएर किन पुगे राष्ट्रपति कार्यालय ?

Nisharg hospital

१३ भदौ, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका पदाधिकारी लिएर राष्ट्रपति निवास पुगेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न देउवासँगै पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की शीतलनिवास पुगेका हुन् ।

Dhanagdhi

भेटको एजेण्डाका बारेमा भने कांग्रेस नेताहरुले केही खुलाएका छैनन् । कांग्रेसका नेतृत्वको गठबन्धन सरकारले ल्याएको नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर पठाएकामा राष्ट्रपतिले फिर्ता पठाएकी छिन् ।

Aishwya

उक्त विधेयक प्रतिनिधिसभाले पारित गरिसकेको छ भने राष्ट्रियसभाले विधायन समितिमा छलफलका लागि पठाएको छ । कांग्रेस नेताहरुले राष्ट्रपतिले विधेयक फिर्ता पठाएकामा असन्तुष्टि जनाएका छन् भने राष्ट्रपतिले पनि आफूले सन्देशसहित फिर्ता पठाएको विधेयक छलफल नगराई हुबहु पारित गरेर पठाएकामा असन्तुष्टि जनाएकी छन् । नेताहरुले भेटमा नागरिकता विधेयको विषयमा छलफल हुन सक्ने बताएका छन् ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...