बाजुराकी महिला सुर्खेतबाट बेपत्ता

Nisharg hospital

१४ भदौ, धनगढी । बाजुराकी एक महिला बेपत्ता भएकी छन् ।

Navjiwan hospital adv

जगन्नाथ गाउँपालिका ६ की २६ वर्षीया निर्मला सार्की ११ गते सुर्खेतबाट मंगलबार बेपत्ता भएकी हुन् । उनी श्रीमान कालसिंह सार्कीसँगै सुर्खेतमा डेरा गरी बस्दै आएकी थिइन् ।

श्रीमान कपडा बेच्न गाउँतिर निस्केका बेला दिउँसो बजार भनेर कोठाबाट हिडेकी निर्मला नफर्किएपछि खोजी गरिदिन प्रहरीसँग अनुरोध गरेको छ । उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा निवेदन समेत दिइएको छ ।

उनलाई कतै देखेमा ९८६०९८९२५२ र ९८४९६३३६६३ नम्बरमा फोन गरेर सहयोग गरिदिन आग्रह गरिएको छ ।

याे पनि हेर्नुस्
Loading...