कैलालीका एसपीलाई डीआईजी आचार्यले सोधे : अवैध भनिएको ९०० किलो चिनी खै ?

Nisharg hospital
Bogtan

१४ भदौ, धनगढी । कैलाली प्रहरीले भारतबाट अवैध रुपमा भित्र्याएको भन्दै बरामद गरिएको ९०० किलो चिनी जिल्ला प्रहरी कार्यालयबाट गायब गरिएको विषयमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले चासो देखाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले बरामद गरिएको चिनीको सम्बन्धमा कैलालीका एसपी सोमेन्द्रसिंह राठौरलाई मौखिक स्पष्टीकरण सोधेका छन् ।

आचार्यले अवैध भनेर बरामद गरिएको चिनी जिल्ला प्रहरी कार्यालयबाटै गायब पारिएको घटनामा के हो ? भनेर एसपी राठौरलाई जवाफसहित प्रदेश प्रहरी कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन् । प्रहरी स्रोतकाअनुसार डीआईजी आचार्यले एसपी राठौरलाई साँझ ५ बजे आफ्नो कार्यालयमा बोलाएका छन् भने घटनाबारे बुझ्न मंगलबार जिल्ला प्रहरी कार्यालयमा प्रहरी अधिकृत समेत पठाएका थिए ।

kmc
Nast
suklaphata

‘मैले उहाँ(एसपी) लाई त्यो घटनामा के भएको हो भनेर बोलाएको छु । साथै त्यो विषयमा बुझ्न मेरो कार्यालयबाट प्रहरी कर्मचारी पनि जिप्रका पठाएको छु,’  डीआईजी आचार्यले भने ।  उनले बाहिर सार्वजनिक भए जस्तो प्रहरीको बदमासी देखिएको खण्डमा छानविन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउने समेत बताएका छन् ।

गत भदौ ८ गते राति करीब साढे ११ बजेको समयमा भारतबाट अवैध रुपमा अटो रिक्सामा लोड गरेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले ५० किलो तौलका १८ बोरा चिनी प्रहरी नायब निरीक्षक (सई) मदन धामी नेतृत्वको टोलीले बरामद गरेको थियो ।

रातभर जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको चिनी बिहानपख नभेटिएको र भन्सारमा बुझाइएको रेकर्ड पनि नभएकाले प्रहरीले तस्करलाई नै फिर्ता गरिदिएको आरोप लागेको छ । एसपी राठौरकै निर्देशनमा तस्करीको चिनी सम्बन्धीत व्यक्तिलाई नै फिर्ता गरिएको आरोप लागेको छ ।

एसपी राठौरले चिनी भन्सार बुझाइसकेको दाबी गरेपनि भन्सारमा रेकर्ड छैन नी भनेर सोध्दा बुझेर बताउने प्रतिक्रिया दिएका थिए तर अहिलेसम्म यो विषयमा जिल्ला प्रहरी कार्यालयको आधिकारीक धारणा आएको छैन ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...