
बैतडी । बैतडीमा बारुद बनाउन प्रयोग गरिने कच्चा पदार्थ गन्धक र सोडासहित एक महिलालाई पक्राउ गरिएको छ ।

बारुद बनाउन प्रयोग गरिने १० किलो गन्धक र २ किलो सोडा गरेर १२ किलो अवैध पर्दाथसहित जिल्लाको दशरथचन्द नगरपालिका–२ देहिमाण्डौकी ४२ वर्षीया पुष्पा बोहरालाई पक्राउ गरिएको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
उनकाअनुसार झुलाघाटबाट गोठलापानीतर्फ जादै गरेको से १ ज ४०९ नम्बरको जिपबाट पुष्पालाई बिहीवार पक्राउ गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्नेक्रममा आलुको बोराभित्र लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा बारुद बनाउने उक्त कच्चा पदार्थ सहित पुष्पालाई पक्राउ गरेको हो ।
पुष्पालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।