डडेल्धुरामा कांग्रेसबाट प्रतिनिधिसभामा प्रधानमन्त्री देउवा सर्वसम्मत सिफारिस

spa1
Nisharg hospital

१६ भदौ, धनगढी । नेपाली कांग्रेस डडेल्धुराका क्षेत्रिय समितिले प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको नाम सिफारिस गरेको छ । प्रदेशसभाका दुई वटा निर्वाचन क्षेत्रका क्षेत्रिय कमिटिले प्रतिनितिसभा सदस्यमा देउवाको नाम सर्वसम्मत रुपले सिफारिस गरेको कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले जानकारी दिए ।

swostik

अब शनिबार बस्ने बैठकले देउवाको नाम प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि प्रदेश कमिटिलाई सिफारिस गर्ने उनले बताए । प्रदेशसभातर्फ पनि दुवै निर्वाचन क्षेत्रमा सर्वसम्मत नाम सिफारिस भएर आएको चटौतले जानकारी दिए ।

kailali model

प्रदेशसभा ‘क’ बाट जिल्ला पार्टी सभापति एवंम् परशुराम नगरपालिकाका पूर्व मेयर भीमबहादुर साउद र प्रदेशसभा ‘ख’ बाट सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराको नाम सर्वसम्मत रुपले सिफारि भएर आएको उनले बताए ।

adv khaptad

उनले जिल्लामा गठबन्धन नगर्ने उद्देश्यले प्रदेशसभा र प्रतिनिधिसभामा उम्मेदवारका नाम सर्वसम्मत रुपले सिफारिस गरिएको जानकारी दिए । यद्यपी केन्द्रीय नेतृत्वको निर्णयको प्रतिक्षामा रहेको चटौतले बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...