१९ असार, धनगढी । कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि २५ असारमा हुने निर्वाचनमा पिताम्बर जोशी प्यानलले पत्रकार सम्मेलन मार्फत एजेण्डा घोषणा गरेको छ ।
शनिबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै पिताम्बर जोशी प्यानलले एजेण्डा घोषणा गरेको हो । एजेण्डा घोषणा कार्यक्रममा अध्यक्षका प्रत्यासी जोशीले निजी क्षेत्रको संस्थागत विकास गर्दै जिल्लाका आम उद्योगी व्यवसायीका साझा समस्या समाधान गर्दै, व्यापार उद्योग प्रर्बद्धनको संस्थागत विकास गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
‘मलाई अधिकाँस पुर्व अध्यक्ष एव पदाधिकारी ज्यूहरुको साथ सर्मथन छ, ‘उनले भने, ‘संस्थामा संस्कारको विकास गराउन म बरिष्ठ उपाध्यक्षबाट अध्यक्षमा चुनावमा होमिएको छु ।’ जोशीले आफ्नै प्यानलका चार पदाधिकारी यस अघि नै निर्वाचित भएको बताए । बरिष्ठ उपाध्यक्षमा दिनेश मल्ल, उद्योग उपाध्यक्ष सुरेश गुरुङ्ग, सचिव राहुल भट्ट र कोषाध्यक्षमा नवराज जोशी निर्विरोध निर्वाचित भएका छन ।
अब अध्यक्षका लागि पिताम्बर जोशी सहित उनको प्यानलबाट वाणिज्य उपाध्यक्ष धर्मसिह रावल र महासचिव खगेश्वर बोहरा चुनावमा होमिएका छन । पत्रकार सम्मेलनमा वाणिज्य संघका केही पुर्व अध्यक्ष एव पदाधिकारीले पिताम्बर जोशी प्यानललाई साथ सर्मथन रहेको घोषणा गरेका छन । पुर्व अध्यक्ष माधव प्रशाद भट्टले संस्थागत विकास र संस्कारका लागि एक पटक बरिष्ठ उपाध्यक्ष भईसकेका युवा उद्यमी व्यवसायी पिताम्बर जोशीलाई जिताउन आब्हान गरेका छन । ‘यो टिमलाई वाणिज्य संघमा ल्याउनुपर्छ, ‘उनले भने, ‘संस्था, आम व्यवसायी उद्योगीको हित र संस्थागत विकास गर्न जरुरी छ ।’
वाणिज्य संघका निर्वतमान अध्यक्ष जंग बहादुर मल्लले अहिलेको आवश्यकता अनुरुप पिताम्बर जोशीको टिम निर्माण भएकाले संस्थाका विकासका लागि पिताम्बर जोशीको प्यानलार्ई बहुमतका लागि निर्वाचित गराउन आब्हान गरेका छन । पिताम्बर जोशी प्यानलमा अब्बल पदाधिकारी आएको भन्दै उनले सहयोगका लागि अपिल समेत गरेका छन । पत्रकार सम्मेलनमा महासचिव खगेश्वर प्रशाद बोहराले प्यानलले अघि सारेको घोषणा पत्र सार्वजनिक गर्दै साना, ठुला सबै उद्योगी व्यवसायीको हकहितका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।