दार्चुला पहिरो अपडेट : बेपत्ता हुनेको संख्या १० पुग्यो

Nisharg hospital
Airth Mantralaye

२५ भदौ, धनगढी । दार्चुलामा अविरल वर्षापछि आएको पहिरोमा पुरिएर बेपत्ता हुनेको संख्या १० पुगेको छ भने ८ जनाको उद्दार गरिएको छ । दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक जगत गाहा मगरले पहिरोमा परेर घाइते भएका ८ जनाको उद्दार गरेर उपचारका लागि जिल्ला अस्पताल पुगाइएको जानकारी दिए ।

pradesh helath nirdesanalaye
gauriganga

उनकाअनुसार बेपत्ता हुनेको संख्या १० पुगेको छ भने ५ जनाको शव भेटिएको छ । यसैबीच बाढी तथा पहिरोबाट प्रभावित भएकाहरुलाई राहत लिएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडु दार्चुला जादैछन् ।

Dhangadhi bidhut

उनी काठमाडाँैँबाट हेलीकोप्टरमा दार्चुला आइरहेको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती भट्टले जानकारी दिइन् । नौगाड गाउँपालिकामा तीन र महाकाली नगरपालिकामा दुई गरेर पाँच जनाको शव भेटिएको छ भने ७ जना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढी तथा पहिरोले दार्चुलामा ठूलो क्षति भएको छ । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...