कैलालीमा बियर खुवाएर १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

Seti
arth ok

२७ भदौ, धनगढी । कैलालीमा बियर खुवाएर बालिकामाथि सामूहिक बलात्कार गरिएको रहस्य खुलेको छ । जिल्लाको घोडाघोडी नगरपालिकाको सुखडमा गत भदौ २१ गते देउडा हेर्न गएकी १५ वर्षीया बालिकालाई बियर खुवाएर सामूहिक बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ ।

Nisharg hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले देउडा हेर्न गएका बेला खाजा खान्छु भनेर होटलमा लगेर बियर खुवाएर सामूहिक बलात्कार गरेको पाइएको जानकारी दिए ।

उनकाअनुसार सामूहिक बलात्कार गरेको आरोपमा घोडाघोडी नगरपालिका–१ का १८ वर्षीय हिमाल सापकोटा, २० वर्षीय एसु सापकोटा र घोडाघोडी नगरपालिका–२ बस्ने १८ वर्षीय बसन्त बिष्टलाई पक्राउ गरिएको छ । एक जना अर्का आरोप फरार छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

HPV

पीडित बालिका साथीसँगै होटलबाट छुटिएर घर हिंडेकी थिइन् । प्रहरीकाअनुसार घर नजिकै छोडेर उनकी साथी आफ्नो बाटो लागेपछि पिछा गर्दै पुगेका एक जनाले राति भइसकेकाले आफ्नै घरमा बस्न आग्रह गरेका थिए ।

उनको आग्रह स्वीकार गर्दै ती युवकको घरमा गएकी बालिकालाई बाहिरबाट ढोका थुनेर अरु तीन जना साथीहरु बोलाएर पालैपालो बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ ।

डीएसपी जोशीकाअनुसार बालिकाले भोलिपल्ट साथीलाई घटनाबारे बताएकी थिइन् । उनकी साथीले प्रहरीमा उजुरी गर्न आग्रह गरेपनि बदनाम हुने भन्दै त्यसलाई बालिकाले अस्वीकार गर्दै आत्महत्या गर्न स्यानीटाइजर पिएकी थिइन् । बाटोमा बेहोस् अवस्थामा भेटिएकी उनलाई उपचारका लागि घोडाघोडी अस्पताल पुगाएपछि घटनाको रहस्य खुलेको थियो ।

बालिकाले आत्महत्या गर्ने प्रयास गरेपछि अभिभावकले प्रहरीकोमा उजुरी दिएका थिए । देउडा हेर्ने ठाउँमा भेटिएका मध्ये दुई जना पीडित बालिकासँग पूर्व चिनजानका भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...