सुपर लिग फुटबलमा धनगढी विजयी

Nisharg hospital

धनगढी । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत बिहीवार भएको खेलमा धनगढी एफसीले बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दै विजयी भएको छ ।

Navjiwan hospital adv

दशरथ रङ्गशालामा भएको खेलमा धनगढीले बुटवललाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । विदेशी खेलाडी ओलावाले अफिजको गोलले धनगढी विजयी भएको हो । उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल गरेका हुन् ।

बिहीवारको खेलमा विजयी भएसँगै धनगढीले २ खेलबाट ६ अङ्क जोडेको छ । समान खेल खेलेको बुटवलको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा धनगढीले वीरगञ्ज युनाइटेडलाई २–१ ले हराएको थियो । त्यस्तै पहिलो खेलमा बुटवल ललितपुरसँग २–० ले पराजित भएको थियो। लिगअन्तर्गत शुक्रवार वीरगञ्ज युनाइटेड फुटबल क्लब र चितवन फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

 

याे पनि हेर्नुस्
Loading...