लिटल फ्लावर प्रिमियर लिगमा शुक्लाफाँटा र धनगढी विजयी

cp new add
Nisharg hospital

धनगढी । कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को मंगलबार सम्पन्न दुई खेलमा शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसन र धनगढी क्रिकेट एकेडेमी विजयी भएका छन् ।

Nast Ad

शुक्लाफाँटाले कैलाली जिल्ला क्रिकेट क्लबलाई तथा धनगढीले शारदा सेकेण्डरी स्कुललाई पराजित गर्यो । आज सम्पन्न पहिलो खेलमा शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनले कैलाली जिल्ला क्रिकेट क्लबलाई ९० रनले पराजित गर्यो ।

समुह चरणमा सबै ३ खेल खेल्दा २ जित र १ हार बेहोरेको शुक्लाफांटाले समुह एु बाट सेमीफाइनल सम्भावना जिवितै राखेको छ । दुवै खेल जितेको धनगढी स्पोर्ट्स क्लब अन्तिम खेलमा खप्तड इन्डोरसंग पराजित भएको खण्डमा शुक्लाफांटा र धनगढी मध्ये नेट रन रेटमा अघि हुने टिम सेमीफाइनल पुग्नेछ ।

शुक्लाफांटाले दिएको १८४ रनको लक्ष्य पछ्याएको कैलालीले १८ दशमलव ४ ओभरमा ९३ रन बनाउदा सबै विकेट गुमायो ।

कैलालीका नरेन साउदले १७ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। शुक्लाफांटाको बलिंगमा बसन्त खत्री, भारत चन्द र निरञ्जन गौतमले २र२ विकेट तथा भारत चन्द, कैलाश ऐर, सुशील रावल र विकास ऐरले १र१ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग गरेको शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनले २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनायो ।

शुक्लाफांटाको लागि दुई ब्याटरले अर्धशतकीय योगदान दिए। प्लेयर अफ द म्याच घोषित किरण ठगुन्नाले सर्वाधिक ७० रन बनाए जुन क्रममा ४२ बलमा १० चौका र १ छक्का प्रहार गरे। यस्तै बिशाल ऐरले ४३ बलमा ६ चौका र २ छक्का मद्दतले ५४ रन बनाए । लोकेश जोशीले ३७ रन बनाए ।

कैलाली क्रिकेट क्लबको लागि बिनोद बोहराले ३ विकेट तथा धर्मराज जोशीले २ विकेट लिए ।

आजको दोश्रो खेलमा धनगढी क्रिकेट एकेडेमीले शारदा सेकेण्डरी स्कुललाई ८१ रनले पराजित गर्यो । १७१ रनको लक्ष्य पछ्याउने क्रममा शारदाले १५।५ ओभरमा ८९ रन मात्र बनायो। धनगढी र शारदा दुवै टिम सेमीफाइनल रेसबाट बाहिर भैसकेका छन् ।

लक्ष्य पछ्याउने क्रममा शारदाका अभिषेक मल्लले ४१ तथा जीवन चन्दले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्लेयर अफ द म्याच घोषित धनगढी क्रिकेट एकेडेमीका लेग स्पिनर युवराज खत्रीले ४ विकेट लिए जुन क्रममा ३।५ ओभरमा १६ रन खर्चिए। विजय रानाले २ तथा हिक्मत महरा, मान साउद र निरज ऐरले १र१ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग गरेको धनगढी क्रिकेट एकेडेमीले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनायो ।

धनगढीको ब्याटिंगमा मान साउदले सर्वाधिक ३७ रन बनाए। यस्तै सचिन साउदले ३५, यूवराज खत्रीले २९ तथा विजय रानाले २३ रन बनाए। ११५ रनमा ७ विकेट गुमेको अवस्थामामान र यूवराजले अविजित ५५ रनको साझेदारी गरे ।

प्रतियोगिता अन्तर्गत बुधबार पनि दुई खेल हुनेछन्। पहिलो खेल विहान ९ बजे क्रिकेट एक्सीलेन्स सेन्टर र जेएस स्पोर्ट्स(११ सुपर स्टार्स बीच तथा दोश्रो खेल दिउँसो १ बजे शारदा सेकेण्डरी स्कुल र कैलाली मल्टिपल क्याम्पस बीच हुनेछ।

प्रतियोगिताको सेमीफाइनल पुग्ने तिन टिमको टुंगो लागिसकेको छ। समुह ुबिु बाट युथ अफ टिकापुर, समुह ुसीु बाट घोडाघोडी क्रिकेट एकेडमी र समुह ुडीु बाट सत्यवती एकेडेमी सेमीफाइनल प्रवेश गरिसकेका छन् ।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...