
२९ भदौ, धनगढी । धनगढी उपमहानगरपालिकामा पछिल्लो केही दिन यता अनियमित विद्युत कटौत भइरहेको छ । नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले लाइन मर्मत सम्भार गर्नुपर्ने भएकाले विद्युत कटौती गर्नुपरेको जनाएको छ ।

वितरण केन्द्र प्रमुख सुर्यनारायण मण्डलकाअनुसार बुधबार धनगढी उपमहानगरपालिका–१ को शिवनगर र ५ को बोराडाँडी क्षेत्रमा विद्युत कटौती हुनेछ ।
बोराडाँडी क्षेत्रमा विद्युत लाइनमा लागेका रुखका हाङ्गापिङ्गा काट्ने काम भइरहेका कारण दिउँसो २ बजेसम्म बत्ती आउने छैन भने शिवनगर चोकमा लाइन मर्मत भइरहेकाले साँझ ५ बजेपछि मात्र बत्ती आउनेछ ।
