अभिनेत्री सुफिया सिद्दीकी नेपाली फिल्ममा डेब्यु गर्दै

Nisharg hospital

बलिउड अभिनेत्री तथा मोडल सुफिया सिद्दीकीले नेपाली फिल्ममा अभिनय गर्ने भएकी छन् ।

उनले फिल्म ‘सायरा’ मार्फत नेपाली फिल्म डेब्यु गर्न लागेकी हुन् । ‘सायरा’ मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच घोषणा भएको फिल्म हो ।

कार्यक्रममा फिल्ममा मुख्य अभिनेत्रीको रुपमा सुफिया सिद्दीकी फाइनल भएको जानकारी दिइएको छ, ।

सिद्दीकी अहिले बलिउडमा छिन् । फिल्म घोषणा कार्यक्रममा उनी उपस्थित नभएपनि उनको भिडियो सन्देशमा देखाइएको थियो ।

सन्देशमा उनले कार्यक्रममा आफु उपस्थित हुन नपाउदा दुःख ब्यक्त गर्दै नेपाली फिल्म अभिनय गर्न उत्साहित रहेको बताएकी छिन् ।

‘मैले बलिउड र हलिउडको केहि फिल्ममा काम गरेकी छु । यसपटक नेपाली – इन्डियन प्रोजेक्टमा जोडिन पाउँदा उत्साहित छु’ सुफियाले भिडियो सन्देशमा भनेकी थिइन् ।

सिद्दीकी इरानकी मुलकी बासिन्दा हुन् । भारतमै हुर्केकी उनी मुम्बईमा बस्छिन् । भारतबाट एक अन्तर्राष्ट्रिय मोडेलको रुपमा समेत चिनिएकी उनले अन्तर्राष्ट्रिय फेसन सप्ताह लास भेगासको ब्रान्ड एम्बेसडर हालै जितेकी थिइन् ।

थुप्रै अन्तराष्ट्रिय प्रतियोगिता समेत जितेकी उनले नेपाली फिल्म अभिनयबाट पनि दर्शकको मन जित्ने विश्वास रहेको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...