५०० भन्दा बढी नम्बरबाट फोन आएपछि समीक्षा अधिकारीले गरिन् गुनासो

cp new add
Nisharg hospital

काठमाण्डौँ । गायिका समीक्षा अधिकारीले आफूलाई एक व्यक्तिले डेढ वर्षदेखि पटक–पटक फरक–फरक मोबाइल नम्बरबाट फोन गरिरहेको भन्दै गुनासो गरेकी छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै अधिकारीले फोन उठाउँदा ती व्यक्तिले आफूलाई ‘रमेश शाही’ भनेर चिनाउने तर फोन गर्नुको कारण स्पष्ट नबताउने गरेको उल्लेख गरेकी छन्। ‘करिब डेढ वर्षदेखि एउटै व्यक्तिले पटक–पटक फरक–फरक नम्बरबाट मलाई फोन गरिरहनुभएको छ। फोन उठाउँदा “म रमेश शाही” भन्नुहुन्छ, तर “के कामले फोन गर्नुभएकोरु” भनेर सोध्दा आफ्नो नामबाहेक कुनै स्पष्ट कुरा गर्नुहुन्न।

Nast Ad

एउटा नम्बर ब्लक गरेपछि अर्को नम्बरबाट फेरि उही कुरा दोहोरिन्छ,’ उनले लेखेकी छिन्, ‘डेढ वर्षसम्म लगातार यस्तो भइरहेपछि आज यो कुरा सार्वजनिक रूपमा लेख्नुपर्ने बाध्यता भयो। ‘उनका अनुसार एउटा नम्बर ब्लक गरेपछि अर्को नम्बरबाट फोन आउने क्रम जारी छ। डेढ वर्षको अवधिमा करिब ५०० वटा फरक–फरक नम्बरबाट आएका कल ब्लक गरिसकेको उनले बताएकी छन्। ‘डेढ वर्षको अवधिमा अहिलेसम्म करिब ५०० वटा फरक–फरक नम्बरबाट आएका कल ब्लक गरिसकेँ होला।

अझै पनि उहाँले अरू व्यक्तिहरूको मोबाइल नम्बर प्रयोग गरेर मलाई फोन गरिरहनुभएको छ। एउटा नम्बर ब्लक गरेपछि फेरि अर्को नम्बरबाट फोन आउने क्रम रोकिएको छैन,’ उनले थप लेखेकी छिन् । अधिकारीले आफ्नो नम्बर कसैले मागेमा कारण नबुझी अरूलाई नदिन आग्रह गरेकी छन्। साथै, उक्त व्यक्तिलाई आफ्नो नम्बर दिनेहरूले पनि सोचेर र बुझेर मात्र आफ्नो नम्बर उपलब्ध गराइदिन अनुरोध गरेकी छन्।

यस्तो व्यवहार रोकियोस् भन्ने उद्देश्यले आफूले विषय सार्वजनिक गरेको स्पष्ट गर्दै उनले यो पोस्ट कसैलाई अनावश्यक रूपमा आरोप लगाउनका लागि नभएको बताएकी छन्। ‘कृपया मेरो नम्बर कसैले माग्दैमा विना कारण र विनासोचविचार अरूलाई नदिनुहोला। उहाँले मेरो नम्बर किन र के कामका लागि माग्नुभएको हो, एकपटक बुझेर मात्र दिनुहोला। साथै, उहाँलाई आफ्नो मोबाइल नम्बर दिने सबै जनाले पनि कृपया सोचेर र बुझेर मात्र आफ्नो नम्बर उपलब्ध गराइदिनुहोला,’ उनले भनेकी छिन्,’ यो पोस्ट कसैलाई अनावश्यक रूपमा आरोप लगाउनका लागि होइन, तर लामो समयदेखि भइरहेको यस्तो व्यवहार रोकियोस् भन्ने उद्देश्यले लेखेकी हुँ। सबैले यस विषयलाई गम्भीर रूपमा बुझिदिनुहोला।’

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...