महिलाका लागि पहिलोपटक जलयात्रा तालिम

cp new add
Nisharg hospital

नेपाल पर्यटन बोर्डले नेपालमा पहिलोपटक महिलाका लागि जलयात्रा तालिम सुरु गरेको छ। बोर्डले संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम ९युएनडीपी०सँगको सहकार्यमा जीविकोपार्जन पुनः उत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत बुधबारदेखि सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित सुनकोसीमा १५ दिने महिला रिभर गाइड तालिम सुरु गरेको हो।

Nast Ad

महिलाका लागि पहिलोपटक सुरु हुन लागेको रिभर गाइड तालिममा महिलालाई नेपाल एशोसिएशन अफ र्याफ्टिङ एजेन्सीज ९नारा० ले निःशुल्क तालिम प्रदान गर्ने नेपाल पर्यटन बोर्डले जनाएको छ।

तालिमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० डा धनञ्जय रेग्मीले नेपालमा पहिलो पटक महिलाहरुका लागि मात्र आयोजना गरिएको यो तालिमले जल पर्यटनमा जनशक्तिको विकासमा कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको बताए।

नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सीज ९नारा०का अध्यक्ष शिव अधिकारीले नेपालको इतिहासमै पहिलोपटक महिलालाई निःशुल्क रिभर गाइड उपलब्ध गराएर महिलालाई समेत रोजगारी ग्यारेन्टी भएको भन्दै खुसी व्यक्त गरे। उनले नदी सफा र सुरक्षित राख्न गाउँपालिकालाई आग्रहसमेत गरे।

कार्यक्रममा नाराका महासचिव नारायण श्रेष्ठले जलयात्रामा महिलाको सहभागिता न्यून रहेकाले युवाको आकर्षण बढाउन र महिलालाई आत्मनिर्भर बनाउने महत्वपूर्ण उद्देश्य बोकेर तालिमको आयोजना गरिएको बताए।

असार १५ गतेसम्म चल्ने तालिममा ५३ महिलाको सहभागिता रहने नाराका उपाध्यक्ष शिशिर खनालले बताए।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...