अर्धशतक बनाउँदै कुशल आउट

cp new add
Nisharg hospital

काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेल क्यानडासँगको पहिलो ओडिआई खेलमा अर्धशतक बनाउँदै आउट भएका छन् ।

Nast Ad

स्पिनर तथा कप्तान साद विन जफरको १९ औं ओभरको तेस्रो बलमा अघि बढेर सट खेल्न खोजे पनि मिस भएपछि कुशल भुर्तेल ६२ रनमा विकेटकिपर मोभाबाट स्टम्पिङ आउट भएका हुन् ।
उनले ५८ बलमा ९ चौका र १ छक्का हाने । उनको ओडिआई करिअरको सातौं अर्धशतक हो ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २१ ओभरमा ३ विकेट गुमाउादै १०६ रन बनाएको छ । भीम सार्की १७ र कुशल मल्ल ४ रनमा खेलेका छन् ।

चोभार एन्डबाट आएका युवा तीव्र गतिका बलर उदय भगवानको नवौं ओभरको बल थर्डम्यानमा खेल्ने धुनमा आशिफ शेख धलिवालबाट ८ रनमा सहजै आउट भएका थिए । कप्तान रोहित पौडेल सोहिको सर्ट बलमा रोक्न खोजे पनि टप एज लागेर प्वाइन्टमा ठकेरबाट ८ क्याच आउट भएका थिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...