मेयर बालेन्द्र शाहले दिए बाबुरामलाई कडा जवाफ

Nisharg hospital

३१ भदौ, काठमाडौं । फुटपाथ व्यवस्थित गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सन्जालमार्फत् दिएको सुझावलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि सामाजिक सन्जालबाटै जवाफ फर्काएका छन् ।

swostik

मेयर बालेन्द्रले बाबुरामलाई भनेका छन्, ‘यो कुरा त तपाईंले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।’

नेसपा अध्यक्षसमेत रहेका डा. भट्टराईले बालेनको कामको प्रशंसा गर्दै फुटपाथमा व्यापार गर्नेहरुलाई निश्चित ठाउँ र समय तोकेर व्यवस्थित गर्नैपर्ने लेखेका थिए । त्यसकै मुनि बालेनले आफ्नो जवाफ लेखेका हुन् । बालेनको जवाफमा ७ सयभन्दा धेरैले प्रतिक्रिया जनाएका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...