कैलालीको कान्द्रा र पथरिया नदीको बाढी बस्तीमा पस्यो, ६०० बढि घर डुबानमा

kmc

१ असोज, धनगढी । शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण पूर्वी कैलालीमा झण्डै पाँच सय घर डुबानमा परेका छन् । कान्द्रा र पथरिया नदीको बाढी बस्तीमा पस्दा पाँच घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीकाख प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले भजनी नगरपालिका–८ मा रहेको पथरिया नदीको पानी बस्तीमा पस्दा करीब १६० घरधुरी डुबानमा परेको जानकारी दिए ।

suklaphata

उनकाअनुसार सोनाफाँटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलका घरहरु डुबानमा परेका छन् । अहिले नदीको बहाब बढने क्रम जारी रहेको छ ।

यस्तै कान्द्रा नदीमा पानीको सतह बढेर बस्तीमा पसेपछि मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलका २५० घर डुबानमा परेका छन् भने कान्द्रा नदीकै बाढीले भजनी नगरपालिका–७ को शिविर टोल, गणेशमान टोल र दक्षिणपुर्वा टोलका पनि करीब २५० घर डुबानमा परेका छन् ।

यी ठाउँमा अहिलेसम्म मानवीय क्षति भने भएको छैन । बाढी बस्तीमा पस्दा प्रभावित भएकाहरुको उद्दारको काम भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...