
१ असोज, धनगढी । अविरल वर्षापछि कञ्चनपुरको वनहरा शिविर डुबानमा परेको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाको सीमा क्षेत्रमा पर्ने वनहरा पुलमा टहरा बनाएर बनाइएको बस्ती डुबानमा परेको हो ।

शुक्लाफाँटा नगरपालिका–११ मा पर्ने उक्त शिविरका ३० घर डुबानमा परेपछि प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।
