अछाममा पहिरोले घर पुरिदा २ जनाको मृत्यु, ७ जना बेपत्ता
१ असोज, धनगढी । अछाममा पहिरोले घर पुरिदा २ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् ।
जिल्लाको तुर्माखाद गाउँपालिका–५ काँडामा पहिरोले दुई घर पुरिदा २ जनाको मृत्यु भएको र ७ जना बेपत्ता स्थानीय प्रशासनले जनाएको छ ।
अछामका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले अविरल वर्षापछि आएको पहिराले घर पुरिएर बेपत्ता भएका मध्ये २ जनाको शव भेटिएको जानकारी दिए । उनकाअनुसार बेपत्ता भएका अन्य ७ जनाको खोजी भइरहेको छ ।