नेपालले गुमायो तेस्रो विकेट, कप्तान रोहित पौडेल ३० रनमा आउट

Nisharg hospital

काठमाडौं । मैत्रीपूर्ण टी—२० आई क्रिकेटमा हङकङविरुद्ध २१३ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट गुमाएको छ ।

Dhangadhi suchana

तेस्रो विकेटका रुपमा नेपालका कप्तान रोहित पौडेल ३० रन बनाएर आउट भए । २३ बल खेलेका उनले १ छक्का र २ चौका प्रहार गरेका थिए ।

यसअघि नेपालका विनोद भण्डारी २२ बलमा ४२ रन बनाएर आउट भएका थिए भने ओपनर कुशल भुर्तेल २ रनमै आउट भएका थिए ।

अहिले क्रिजमा आरिफ सेख र सन्दीप जोरा छन् । नेपालले ११.४ ओभरमा ३ विकेट गुमार १२२ रन बनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...