डा.गोविन्द केसीको स्वास्थ्य अवस्था स्थिर, सरकारी पक्षले भोलि वार्ता गर्ने

panchodaye

१ असोज, धनगढी । अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि धनगढीको श्रीकृष्ण मन्दिरको धर्मशालाबाट उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएका केसीको अवस्था स्थिर रहेको उनका सहयोगी डा.अमृत जैसीले जानकारी दिए ।

Nast college

जैसीकाअनुसार स्वास्थ्यमा थप समस्या हुने देखिएपछि चिकित्सकले औषधी प्रयोग गर्न सुझाव दिएपनि केसीले मानेका छैनन् । उनले आफूले उठाएका माग सम्बोधन गर्न सरकार तयार नभएसम्म ज्यानमा तलमाथि भएपनि कुनै औषधी प्रयोग नगर्ने अडान लिएका छन् ।

Nisharg hospital

केसीको ब्लड प्रेसर घटेको छ भने मुटुको चालमा गडबढ भएको छ । केसीले उठाएका मागबारे वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेपनि अहिलेसम्म वार्ता हुन सकेको छैन ।

उनका सहयोग डाक्टर जैसीकाअनुसार सरकारले शनिबार वार्ता गर्ने भनेपनि सरकारी वार्ता टोलीमा सदस्य रहेका शिक्षा सचिव उपत्यका बाहिर गएकाले नभएको हो । सरकार पक्षले भोलि बिहान १० बजे वार्ताका लागि बोलाएको छ ।

‘सरकारी वार्ता टोलीले आज वार्ता गर्ने भन्ने कुरा थियो तर सो कमिटिका सदस्य रहेका शिक्षा सचिव ज्यू पूर्व निर्धारित कार्यक्रमअनुसार भ्याली बाहिर जानैैपर्ने भएकाले गइसक्नुभएको रहेछ,’ जैसीले भने, ‘अब भोलि बिहान १० बजेका लागि वार्ता तय भएको छ ।’ पहिलो चरणको वार्ता काठमाडौँमै हुने उनले बताए ।

यसैबीच अनसनरत डाक्टर केसीको जीवन रक्षाको माग राख्दै धनगढीमा प्रर्दशन गरिएको छ । शनिबार दिउँसो धनगढीको पार्क मोडमा केसीसँग गरिएका सम्झौता कार्यान्वयन गर्दै उनको जीवन रक्षा गर्न माग गर्दै युवाहरुले प्रर्दशन गरेका हुन् ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...