देशभर ९४ प्रतिशत बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप

Dhangadhi

काठमाडौं। सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म ९४ प्रतिशत बालबालिकाले खोप लगाएका छन् ।

Nisharg hospital

स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको तथ्यांक अनुसार चैत ३ सम्म ५४ लाख ४२ हजार ४६९ जना बालबालिकाले दादुरा खोप लगाएका छन् ।

फागुन १३ देखि चैत ७ सम्म सञ्चालन हुने खोप अभियानमा ५७ लाख ४२ हजार ९९३ बालबालिकामध्ये खोप लक्ष्य राखिएको थियो । बाल तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले लक्ष्य अनुसारका बालबालिकालाई खोप पाउने दाबी गरे ।

ok

‘हामीले खोजी–खोजी बालबालिकालाई खोप दिइरहेका छौं । कोही बालबालिका पनि यो अभियानमा सकेसम्म छुट्न दिने छैनौं,’ डा. गौतमले भने, ‘ लक्ष्य राखिएको अनुसार नै खोप दिइसक्नेमा ढुक्क छौं ।’

देशभरका बालबालिकामध्ये ५ देखि १५ वर्ष मुनिका ३६ लाख १२ हजार ३१० र ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिका २१ लाख ३० हजार ६८३ बालबालिकालाई दादुरा—रुबेला खोप लगाइँदैछ । नियमित खोप लगाउन छुटेका बालबालिकाहरुलाई यो अभियानमा समेट्ने लक्ष्य राखिएको हो ।

यस अभियानमा दादुरा रोगको लागि उच्च जोखिम भएका तराई २१ जिल्ला र काठमाडौं उपत्याका ३ जिल्लामा ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिका र बाँकी जिल्लामा ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई दिइँदै आएको छ ।

सरकारले सन् २०२३ सम्म दादुरा–रुबेलालाई शून्यमा झार्ने राष्ट्रिय लक्ष्य राखेको थियो । उक्त लक्ष्य पूरा हुन नसकेपछि दोस्रोपटक सन् २०२६ सम्म शून्यमा झार्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गरिरहेको हो । यो खोप नेपालभरका ४८ हजार ७९८ केन्द्रबाट खोप दिँदै आएको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशमा ५ लाख ९४ हजार ८५०, मधेश प्रदेशमा १५ लाख ६८ हजार ०९६, बागमती प्रदेशमा १० लाख ९७ हजार ९१६, गण्डकी प्रदेशमा २ लाख १६ हजार ५८९, लुम्बिनी प्रदेशमा ११ लाख ७५ हजार ५७७, कर्णाली प्रदेशमा २ लाख २९ हजार ६३९ र सुदुरपश्चिम प्रदेशमा ५ लाख ५९ हजार ८०२ जना बालबालिका खोप लगाइसकेका छन् ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...