


काठमाण्डौ । गाउँको पुल भत्किएपछि सामाजिक सञ्जालबाट आफ्नो क्षेत्रका सांसद पुष्पकमल दाहाललाई गुहारेकी किशोरीले फेसबुकबाट आएको ६० हजार रुपैयाँले सोही पुल निर्माण गरेकी छन् ।


रुकुम पूर्वको भूमे गाउँपालिका–९ लुमास्थित दोमै खोलाको भत्किएको पुल बनाउन १५ वर्षीया सदीक्षा ओलीले सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई गुहारेकी थिइन्।





सरकारको पहल नदेखिएपछि उनले फेसबुकबाट कमाएको ६० हजार रुपैयाँ र स्थानीयको सहयोगमा तीन दिन लगाएर करिब चार मिटर लामो काठे पुल निर्माण गरिन्।


रुकुम पुल बनेपछि गाउँलेलाई वडा कार्यालय, विद्यालय र सदरमुकाम आवतजावत गर्न सहज भएको छ। रुकुम पूर्व — आफ्नो गाउँमा आवतजात गर्ने पुल भत्किएपछि यस क्षेत्रबाट निर्वाचित सांसद पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई सामाजिक सञ्जालमार्फत गुहारेकी रुकुम पूर्वको भूमे गाउँपालिका–९ लुमा गाउँकी १५ वर्षीया सदीक्षा ओलीले फेसबुककै आम्दनीबाट पुल बनाएकी छन् ।
लुमा गाउँको दोमै खोलामा पुल भत्किएको लामो समयसम्म कसैले नबनाइदिएपछि उनले फेसबुकमा राखेको एउटा भिडियो ‘भाइरल’ भएको थियो ।
गत भदौ १ मा ‘हेलो १ प्रचण्ड बाजे, कता हुनुहुन्छ रु हाम्रो यहाँ पूर्व रुकुमबाट चुनाव जितेर मात्रै जानुभो, यहाँ पुलको हाल हेर्नुस् यस्तो छ । भाँच्चिएर हामी खोलाबाट तरेर जानुपर्छ । गाईबाच्छालाई बगाउन सक्छ, हामी मान्छेलाई पनि बगाउन सक्छ । बच्चाहरू यहाँबाट स्कुल आवतजावत समेत गर्छन् । तिनीहरूलाई पनि बगाउन सक्छ । त्यही भएर यहाँ पुल बनाइदिनुपर्यो’ भनेर उनले भिडियो बनाएकी थिइन् ।
रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका पुष्पकमल दाहाललाई ‘प्रचण्ड बाजे’ भनेर उनले गरेको सम्बोधन गरेर उठाएको समस्याका बारेमा सर्वत्र चर्चा भए पनि यतिका समयसम्म उक्त पुल बनाउने कुरामा भने कसैले चासो नदिएको सदीक्षाको गुनासो छ । ‘यसकारण म आफैं पुल बनाउन लागि परे,’ उनले भनिन् ।






