


बैतडी । तिहार मनाउन भारतबाट घर फर्किँदै गरेका बैतडीको पाटन नगरपालिका–६ का ४९ वर्षीय हरिश भण्डारीको मृत्यु भएको छ ।



महेन्द्रनगरबाट बैतडीतर्फ आउँदै गरेको सुपप्र ०२ ००१ ख १०३१ नम्बरको बसमा यात्रा गरिरहेका भण्डारी सोमबार राति बेहोस अवस्थामा फेला परेका थिए ।





सोमबार राति करिब १२ः३० बजे पाटन बजार पुगेपछि बसभित्रै बेहोस भेटिएका उनलाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन लगिएको थियो । त्यहाँ उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल बैतडी रेफर गरिएका भण्डारीलाई मंगलबार बिहान चिकित्सकले मृत घोषणा गरेका हुन् ।

रोजगारीका लागि भारतमा रहेका भण्डारी तिहार मनाउन घर फर्किरहेका बेला बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।






