कैलालीका डीएसपी चन्द र बरालकाे सरूवा, नयाँ काे आए ?

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा कार्यररत दुई जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालयमा कार्यरत डीएसपी कुलदिप चन्द र इलाका प्रहरी कार्यालय मालाखेतिका प्रमुख डीएसपी गणेशबहादुर बरालको सरुवा गरेकाे हाे ।

चन्दकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालय सरूवा गर्दै उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी कबिन्द्र सिहं बोहरालाई पठाएको छ।

डीएसपी बरालको नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह पश्चिम नवलपरासी, अन्वेषण योजना शाखामा गरिएको छ ।

उनको स्थानमा वागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीमा कार्यररत गंगाबहादर थापा आउने भएका छन् ।

उनीहरुसँगै प्रहरी प्रधान कार्यायले बुधबार १४१ डीएसपीको सरुवा गरेको हो ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...