नेपालले लगातार गुमायो छैटौँ र सातौँ विकेट

cp new add
Nisharg hospital

काठमाडौँ । तेस्रो टी–२० क्रिकेटमा बुधबार वेस्ट इन्डिजले दिएको दुई सय २८ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले आफ्नो छैटौँ र सातौँ विकेट लगातार रुपमा गुमाएको छ ।

Nast Ad

नेपालले छैटौँ विकेटका रुपमा विवेक यादवलाई गुमाएको हो । विवेक रन आउट भई पेभेलियन फर्किएका हुन् ।

आउट हुनुअघि विवेकले पाँच बलमा तीन रन जोडेका थिए । १४औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले एक सय चार रन बनाएको छ ।

त्यसलगत्तै नेपालले गुलसन झालाई पनि गुमाएको थियो । गुलसन १० बलमा ६ रन बनाउँदै आउट भएका हुन् । उनलाई वेस्ट इन्डिजका बलर ह्याडेन वाल्सले आफ्नो बलिङमा आफैले क्याच लिएर पेभेलियन फर्काएका हुन् ।

१४‍.२ ओभरमा गुलसन आउट हुँदा नेपालले एक सय ६ रन बनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...