कञ्चनपुरका दुई घरमा आगलागी

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुरका दुई घरमा आगलागी भएको छ ।

जिल्लाको बेलडाँडी गाउँपालिका-४ बैवाहका जैशी बुढाको घरमा आगलागी भएको हो ।

बिहीवार साँझ बुढाको घर नजिक बच्चाहरु प्लास्टिक जलाई आगो खेलिरहेको अवस्थामा एक्कासी हावाहुरीले आगो उडाउँदा दुई तले चार कोठे खरले छाएको घर र सँगै टाँसिएको टिनले छाएको दुई तले दुई कोठे घरमा आगलागी भएको प्रहरीले बताएको छ ।

 

आगलागीबाट घरसहित घरभित्र रहेका नगद, सुन, खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा, नागरिकता, लालपुर्जा, काठ लगायतका सामानहरु गरी अन्दाजी ७ लाख २२ हजार २५० रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रहरीका अनुसार मानवीय तथा चौपाया क्षति भने भएको छैन ।
आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...