
४ असोज, धनगढी । अनसनरत डाक्टर गोविन्द केसीले काठमाडौँ जान नमानेपछि नेपाली सेनाको स्काई ट्रक फर्किएको छ ।

केसीले आफ्नो स्वास्थ्य अवस्था समान्य रहेको दाबी गर्दै काठमाडौँ जान अस्वीकार गरेपछि धनगढी पुगेको सेनाको स्काई ट्रक फर्किएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले केसीलाई काठमाडौँ लैजान मंगलबार दिउँसो नेपाली सेनाको स्काई ट्रक धनगढी पठाएको थियो ।
