भारी वर्षाको अलर्टपछि टीकापुरका विद्यालयमा ९ गते सार्वजनिक बिदा

cp new add
Nisharg hospital

भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै कैलालीको टीकापुर नगरपालिकाले असोज ९ गते नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा सार्वजनिक बिदा दिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म देशभर वर्षाको उच्च सम्भावना रहेको जनाएको छ । अविरल वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले विद्यार्थी र विद्यालय समुदायको सुरक्षाका लागि बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सूचना जारी गर्दै उक्त दिन विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । बिदा स्थानीय बिदाबाट समायोजन गर्नुपर्नेछ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...