
धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर साेडारीलाई विश्वासको मत दिने निर्णय गरेकाे छ ।
प्रदेश संसदीय दलकाे बैठकले मुख्यमन्त्री साेडारीलाई विश्वासकाे मत दिने निर्णय गर्दै ह्वीप समेत जारी गरेकाे छ । प्रदेशसभा सदस्य ओमबिक्रम भाटले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्दै ह्वीप जारी गरिएको जानकारी दिए ।
बैठकले यसअघि संसदीय दलकाे नेताबाट हटाइएका खगराज भट्टलाई संसदीय दलकाे पहिलो वरियतामा राख्ने निर्णय समेत गरेकाे छ ।
बहुमत प्रदेशसभा सदस्यले भट्टलाई दल नेताबाट हटाउदै मानबहादुर धामीलाई चयन गरेका थिए ।

