डाक्टर गोविन्द केसीलाई काठमाडौँ लगियो

Kailali hospital
Nisharg hospital

५ असोज, धनगढी । धनगढी पुगेर अनसन बसेका डाक्टर गोविन्द केसीलाई बुधबार उपचारका लागि १० औँ दिन काठमाडौँ लगिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले श्रीएयरलाइन्सको विमान मार्फत केसीलाई काठमाडौँ लगिएको जानकारी दिए ।

Navjiwan hospital adv

सेती प्रादेशिक अस्पतालमा उपचाररत डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल भएपछि चार दिन अघि अस्पतालले काठमाडौँको टिचिङ अस्पतालका लागि रेफर गरेको थियो तर डाक्टर केसीले जान नमानेपछि अहिलेसम्म सेतीमै थिए ।

मंगलबार उनलाई लैजान सेनाको स्काई ट्रक पनि आएको थियो तर रित्तै फर्किएको थियो । बुधबार भने उनी आफै काठमाडौँ जान राजी भएका हुन् । विभिन्न ७ बुँदे माग राख्दै डाक्टर केसी धनगढीको कृष्ण मन्दिरको धर्मशालामा अनसन बसेका थिए ।

 

याे पनि हेर्नुस्
Loading...