शिक्षामा २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोजन

Nisharg hospital
krishi add

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अर्थ मन्त्रालयपछि सबैभन्दा धेरै शिक्षामा बजेट छुट्टाएको छ ।

आफूले सम्हालेको मन्त्रालयलाई २ खर्ब २२ अर्ब ८६ करोड बजेट छुट्याएका अर्थमन्त्री वर्षमान पुनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

शिक्षामा चालु आर्थिक वर्षको बजेटको तुलनामा आगामी वर्ष २७ करोड रुपैयाँभन्दा बढी प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने योजना सरकारको छ ।

चालु आर्थिक वर्षमा प्रदेश र स्थानीय तहमा शिक्षाका लागि ४ खर्ब ८ अर्ब रुपैयाँ हस्तान्तरण गरेको सरकारले यस वर्ष ४ खर्ब ८ अर्ब २७ करोड रुपैयाँ हस्तान्तरण गर्दैछ ।

swostik

अर्थमन्त्री पुनले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको बजेट वक्तव्यमा शिक्षामा गुणात्मक सुधारलाई समृद्धिको आधार ठानिएको छ । त्यस अनुसारका विभिन्न कार्यक्रम समावेश गरिएको छ ।

उच्च शिक्षाका लागि २१ अर्ब ४५ करोड, दिवा खाजामा ८ अर्ब ३९ करोड र प्राविधिक शिक्षातर्फ १ अर्ब ५९ करोडलगायत शीर्षकमा बजेट विनियोजन गरिएको छ ।

अपांगमैत्री, लैंगिक संवेदनशील र सुरक्षित एक हजार कक्षा कोठा निर्माणका लागि २ अर्ब ५० करोड, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ८७ करोड र विद्यालय तहमा प्रदान गरिने सबै प्रकारका छात्रवृत्तिका लागि ६० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

शिक्षाविद् प्रा.डा.बालचन्द्र लुइँटेल बजेट सकारात्मक भए पनि कार्यान्वयन पक्ष चुनौतीपूर्ण हुँदै आएको बताउँछन् । उनी भन्छन्, ‘कुनै पनि योजना कार्यान्वयन गर्ने क्षमता कमजोर छ । त्यसैले बजेट राम्रो छ तर कार्यान्वयनमा सन्देह रहन्छ ।’

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...