धनगढीमा नेपाल र नेदरल्यान्डबिचको खेल ठूलो पर्दामा हेर्न मिल्ने

cp new add
Nisharg hospital

धनगढी । टी–२० क्रीकेट विश्व कपमा आज हुने खेल धनगढीमा ठूलो पर्दामा हेर्न मिल्ने भएको छ।

Nast Ad

धनगढी उपमहानगरपालिकाले  वीरेन्द्र-ऐश्वर्य पार्क अर्थात् धनगढी पार्क अगाडि ठूलो पर्दामा क्रीकेट हेर्न मिल्ने व्यवस्था मिलाउने भएको हो।

नेपाल र नेदरल्यान्ड बीच हुने खेलको प्रत्यक्ष प्रशारणका लागि धनगढीका खेल प्रेमीहरूबाट अनुरोध आएकाले सोही अनुसार व्यवस्था गर्न लागिएको नगर प्रमुख गोपाल हमालले बताए। उनले प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएकाले खेल हेर्न नगरबासीमा अनुरोध गरेका छन्।

नेपालले आईसीसी टी–२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा आज एसोसिएट प्रतिद्वन्द्वी नेदरल्यान्डस्‌सँग प्रतिस्पर्धा गर्दैछ। नेदरल्यान्डस् र नेपाल परिचित प्रतिद्वन्द्वी हुन्। यी दुई टिम २०२४ मा टी–२० आईमा चौथो पटक आमनेसामने हुँदै छन्।

गत फ्रेब्रुअरी र मार्चमा त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टी–२० आई सिरिजमा भएका तीन खेलमध्ये एकमा नेपाल र दुई खेलमा नेदरल्यान्डस् विजयी भएको थियो। नेपाली समयअनुसार खेल राति ९ बजेबाट सुरू हुनेछ। यसअघि नेपालले सन् २०१४ मा विश्व कप खेलेको हो।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...